गायक अविरलले कसलाई सोधे 'कति बज्यो' भनि ?(भिडियो सहित) - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

गायक अविरलले कसलाई सोधे ‘कति बज्यो’ भनि ?(भिडियो सहित)



काठमाडौं : एकनारायण भण्डारीको शब्द अनि सङ्गीतमा अस्ट्रेलियामा रहँदै आएका गायक ईश्वर पोख्रेल अविरलले आफ्नो नयाँ गीत ‘कति बज्यो’  सार्वजनिक गरेका छन् ।

वर्षा शिवाकोटी र आकाश श्रेष्ठलाई फिचरिङ्ग गरिएको गीतलाई  निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् भने रिकेश खड्काको सम्पादन रहेको छ ।

गायक ईश्वर पोख्रेल विगत ७ वर्ष देखि सिड्नी बस्दै आएका छन् जसले विभिन्न सोलो एल्वम तथा सामूहिक एल्वममा गरी झन्डै ३ दर्जन गीत गाइसकेका छन् । आफ्नै युटुब च्यानलबाट उक्त गीत गायक पोख्रेलले रिलिज गरेका छन ।