अवैध काठसहित एकजना पक्राउ - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

अवैध काठसहित एकजना पक्राउ



विशाल पाण्डेय/कैलाली
जिल्लाको घोडाघोडी नगरपालिका -११ जहलपुरमा चिरान गरिरहेको अवस्थामा अवैध सालको गोलिया बरामद गरिएको छ ।

ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलिले अवैध सालको गोलिया चिरान गरिरहेको अवस्थामा शनिबार बरामद गरेको हो ।

काठ चिरान भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी नायब निरीक्षक नरेशकुमार ढकालको कमान्डमा खटिएको टोलीले १५६.२५ क्युफिट सालको काठ र गोलिया बरामद गरि सवडिभिजन बन कार्यालय सुखडमा बुझाइएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरि शरण भट्टले जानकारी दिए ।

चिरान भएको काठ ७० थान कडी, फ्रेम गरि ७०.३१ क्युफिट रहेको र चिरान हुन बाँकी ७ थान सालको गोलिया ८१.९४ क्युफिट रहेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख कृष्ण भट्टले जानकारी दिए ।

घरमा काठ लुकाइछिपाई तस्करी र चिरान गरिरहेको अवस्थामा संलग्न घोडाघोडी नगरपालिका वडा नम्बर-११ का २५ वर्षीय शिवनारायण कठरियालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का संलग्न सोही वडाका अन्दाजी २६ वर्षीय विजय कठरिया फरार रहेको र खोजीकार्य भइरहेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

पक्राउ परेका कठरिया डिभिजन बन कार्यालयको नियन्त्रणमा रहेको र थप अनुसन्धानको लागि धनगढी लगिने र बन ऐन अनुसार कारबाही गरिने डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख भट्टले हिमाल पोस्टलाई जानकारी दिए ।