काठमाडौंमा शंकरापुर पाराग्लाइडिङ्ग - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

काठमाडौंमा शंकरापुर पाराग्लाइडिङ्ग



काठमाडौं । शंकरापुर पाराग्लाइडिङ्ग काठमाण्डौको शंकरापुर नगरपालिका वडा नं ३ मा २०७० सालदेखि संचालन भइरहेको छ । काठमाण्डौको सांखु हुँदै जहरसिंग पौवाबाट मनोरम देउराली गाउँमा अबस्थित शंकरापुर पाराग्लाइडिङ्ग ठमेलबाट २५ किलोमिटरको दुरिमा अवस्थित छ ।

देउरालीबाट उडान सुरू भएपछि सगरमाथा, गणेश हिमाल, गौरीशंकर हिमाल, दोर्जे लाक्पा हिमाल, गङ् छेपो हिमालको साथै सिन्धुपाल्चोकमा मनोरम बस्ती तथा पहाड़हरु देख्न सकिन्छ । देउरालीबाट ५ किलोमीटर तल रहेको पताप ओर्लिने बिन्दु हो।

दक्ष तथा अनुभवी पाइलटसंग पाराग्लाइडिङ्ग गर्दा अपूर्व मनोरंजन अनुभव हुन्छ । बिहान ८ बजेदेखि दिउसो ३ बजेसम्म संचालन भइरहेको शंकरापुर पाराग्लाइडिङ्गले काठमाण्डौबाट ओहोरदोहोर, फोटो / भिडियो तथा खानाको पनि ब्यबस्था गरेको छ।

पाराग्लाइडिङ्गको लागि सुरक्षित मानिने शंकरापुर पाराग्लाइडिङ्गले २५,००० अमेरिकी डलरको बीमाको समेत ब्यबस्था समेत गरिएको संचालन प्रमुख शरण अधिकारीले बताए । उनका अनुसार काठमाण्डौमै यस्तो सुबिधा भएको प्रचार प्रसार भएमा काठमाण्डौ बस्ने पर्यटकको बसाइ लम्ब्याउन यसले टेवा दिनेछ ।

निर्देशक कुशल थापाका अनुसार त्यहाँ पुगेका स्वदेशी तथा बिदेशी पर्यटकहरु शंकरापुर पाराग्लाइडिङ्गबाट अपूर्व आनन्द लिएको बताएका छन । यहाँ पुग्ने अधिकांश पर्यटकहरु सिन्धुपाल्चोकको मनोरम दृश्य, चिया बगान तथा रिसोर्टहरुबाट समेत प्रभाबित भएको संचालन प्रमुख शरण अधिकारीले बताए ।