काठमाडौंको गैरीगाउँमा ग्याङ फाइट हुँदा एकजनाको मृत्यु - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

काठमाडौंको गैरीगाउँमा ग्याङ फाइट हुँदा एकजनाको मृत्यु



काठमाडौं । काठमाडौंको बानेश्वरस्थित गैरीगाउँमा ‘ग्याङ फाइट’ हुँदा एकजनाको मृत्यु भएको छ । गैरीगाउँको सुकुम्बासी टोलमा दुई समूहबीच ‘ग्याङ फाईट’ हुँदा सोही टोलमा बस्दै आएका विक्की लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । ग्याङ फाईट हुँदा अर्को समूहले खुकुरी प्रहार गरेपछि सिभिल अस्पताल बानेश्वरमा उपचारका क्रममा विक्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा अनिल श्रेष्ठ (बर्ष २३) गम्भिर घाईते भएका छन् । श्रेष्ठको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ड्रग्सको डिलरको विषयलाई लिएर खुकारी हानाहान भएको प्रहरीले जनाएको छ । सांकेतिक तस्वीर :