‘कथा काठमाण्डु’ को ट्रेलर यस्तो छ - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

‘कथा काठमाण्डु’ को ट्रेलर यस्तो छ



रातको कुरा बोलको गीत सार्वजनिक भएसँगै चर्र्चामा आएको फिल्म ‘कथा काठमाण्डु’ को ट्रेलर सार्वजनिक भएको छ ।

आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिकगरिएको हो । सार्वजनिक ट्रेलरले काठमाण्डुको कथा बोलेको छ । संगीता श्रेष्ठको लेखन तथा निर्देशनमा चलचित्र निर्माण भएको हो ।

फिल्ममा काठमाडौंमा बसोबास गर्ने ३ जोडीको जीवनमा आइपरेका समस्या र संघर्षका कथालाई उतार्ने प्रयास गरिएको छ । ट्रेलरमा प्रियंका कार्की, प्रमोद अग्रहरी, सञ्जोग कोइराला, सन्ध्या केसी,आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारी प्रस्तुत छन् ।

विजय राईको लगानी रहेको फिल्म असोज १२ गतेबाट अलनेपाल प्रदर्शनमा आउने पक्का भइसकेको छ । चलचित्रमा छायांकन लुज सिंहको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका छन् ।