‘वीरे दी वेडिङ’ कस्तो चल्यो ? - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

‘वीरे दी वेडिङ’ कस्तो चल्यो ?



बलिउड एक्ट्रेस सोनम कपूर, शिखा तल्सानिया, स्वरा भास्कर र करीना कपूरको फिल्म ‘वीरे दी वेडिङ’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । फिल्म रिलिजभन्दा अगाडि कयौँ पटक यसको कहानीलाई लिएर आलोचना भएको थियो तर फिल्म रिलिजपछि भने यसलाई खुब रुचाइएको छ ।

फिल्मले बक्सअफिसमा ४ दिनमा कूल ४२ करोड ग्रस कलेक्सन गर्न सफल भएको छ । क्रिटिक्स तथा ट्रेड एनालिस्ट तरण आदर्ले फिल्मको कमाईको आँकडा आफ्नो सोसल साइटमा शेयर गरेका छन् । उनको ट्विटका अनुसार, ‘वीरे दी वेडिङ’ यस वर्षको ५ औँ सबैभन्दा बढी ओेपनिङ विकेन्ड फिल्म साबित भएको छ ।

शशांक घोष निर्देशित यस फिल्मले प्रदर्शनको पहिलो दिन १०.७० करोड कमाएको छ । क्रमशः दोस्रो दिन १२.२५ करोड, तेस्रो दिन १३.५७ करोड र चौथो दिन ६.०४ करोड कमाउन सफल भएको छ । फिल्मको चारदिने कलेक्सन जोड्ने हो भने यसले घरेलू बजारबाट प्रदर्शनको चार दिनमा कूल ४२.५६ करोड कमाएको छ ।

यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘पद्मावत’, ‘बागी २’, ‘रेड’ र ‘प्याडम्यान’ पछि यो फिल्म ओेपनिङ विकेन्डमा सबैभन्दा बढी कमाई गर्ने ५ औँ फिल्म बनेको छ । यो फिल्मको कहानी ४ साथीको वरिपरि घुम्छ ।

कहानीमा करीनाको लिड रोल छ । साथै, उनका तीन साथीको जिन्दगी पनि जोडिएको छ । चार साथी एकअर्कासँग परिवार जस्तै गरि रहन्छन् र चारबीच कुनै न कुनै कारणले लडाईँ पनि भइरहेको हुन्छ । तर, अन्तमा चारैजनाले एकअर्कासँग आफ्नो समस्या बताउँछन् र आ-आफ्नो प्रोबलम्सको सोल्यूशन खोज्दछन् ।

एजेन्सी, मुम्बई,