कास्की २: विद्या भट्टराईको लड्ने चाहना, नेतृत्व भिलेन बन्नसक्छ - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

कास्की २: विद्या भट्टराईको लड्ने चाहना, नेतृत्व भिलेन बन्नसक्छ



काठमाडौं- यतिबेला कास्की–२, बाट प्रतिनिधिसभा सदस्यका लागि आगामी १४ मंसिरको उपनिर्वाचनमा नेकपाबाट को उम्मेदवार बन्ला भन्ने निकै चांसोको विषय बनेको छ ।

उक्त क्षेत्रबाट निर्वाचित सांसद एवम् तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीको ताप्लेजुङ दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको यो उपनिर्वाचनमा उनकै श्रीमती विद्या भट्टराईले चुनाव लड्नुपर्ने आवाज समेत नेकपामा उठिरहेको छ ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि तयारी अगाडि बढाइसकेको छ । विभिन्न दलले आफ्ना दलका उम्मेदवार तयार गर्ने कार्यमा जुटेसँगै यो क्षेत्रको चुनावी सरगर्मी पनि बढेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट उठ्ने उम्मेद्वारबारे निकै कौतुहलता छ ।यसको प्रमुख कारण भने वामदेव गौतम बनेका छन् । उनले पार्टी नेतृत्वले उक्त क्षेत्रबाट उठ्न प्रास्ताव गरेपछि हारिने पक्का भएको भन्दै एकाएक हात झिकेका छन् ।

बर्दिया–१, २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पराजित एवम् पार्टीकै उपाध्यक्ष प्रस्तावित वामदेव गौतमलाई उम्मेद्वार बनाउनेबारे नेतृत्वले नै निर्णय गरेको थियो । तर, शनिबार साँझ बसेको नेकपा सचिवालय बैठकमा स्वयम् गौतमले उपनिर्वाचन नलड्ने घोषणा गरे ।

गौतमको घोषणासँगै अब अधिकारीकी पत्नी विद्या भट्टराईले उपनिर्वाचनमा उम्मेद्वारी दिने लगभग पक्का भएको जानकारहरूले बताएका छन् । भट्टराईले नै उपनिर्वाचनका लागि आफू तयार भएको प्रतिक्रिया दिएकीले पनि उनी उम्मेद्वार बन्ने संभावना छ ।

अनेरास्ववियुका केन्द्रीय सचिवको जिम्मेवारी समेत निर्वाह गरेकी भट्टराई प्राध्यापन पेशामा आवद्ध छिन् । उनि हरेक तवरले उक्त क्षेत्रको उम्मेदवार बन्न योग्य भएको सर्वत्र बहस भैरहेको छ ।

तर, पार्टी नेतृत्व भने उनलाई चुनाव नलडाउने पक्षमा रहेको स्रोतको दाबी छ । नेकपाका एक स्थायी समिति सदस्य यसमा भिलेन बन्ने पक्का भएको बताउँछन । उनका अनुसार रविन्द्र पत्नी यो क्षेत्रको लागि उपयुक्त भएपनि बिगतलाई हेर्दा कि त खल्तीको उम्मेदवार बनाउने कि त पार्टीलाई वा नेत्रित्वलाई ब्रिफकेस बुझाउनुपर्ने संस्कार भएकाले यस्तो दुर्भाग्य हुनसक्ने अनुमान उनको छ ।