नेविसंघ भारतद्वारा बनारसमा विचार गोष्ठी सम्पन्न - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

नेविसंघ भारतद्वारा बनारसमा विचार गोष्ठी सम्पन्न



बनारस: विपी कोइरालाको १०६औं जन्म जयन्तीको अवसरमा नेपाल विद्यार्थी सङ्घ भारतद्वारा बनारसको काशी हिन्दु विश्व विद्यालयमा बिचार गोष्ठी सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि विपी कोइरालाको सानिध्यमा रहेका भारतका प्रसिद्ध समाजवादी चिन्तक प्राध्यापक सुरेन्द्र प्रताप सिंहले विपी कोइरालाले नेपाली जनताको अधिकार प्राप्तिको लागि गरेको योगदान अतुलनीय रहेको र भारतको स्वतन्त्रता आन्दोलनमा समेत अग्रणी भूमिका खेलेको औँल्याउनु भयो।साथै उहाँले विपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद नै आजको नेपालको आवश्यकता हो भन्ने दर्साउनु भयो।

कार्यक्रममा विशिष्ट अतिथि द्वय काशी हिन्दु विश्व विद्यालयका प्रो दिवाकर प्रधान र सम्मानपूर्ण संस्कृत विश्व विद्यालयका प्रोफेसर हरि प्रसाद अधिकारीले विपी कोइरालाको राजनीति सङ्गै साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्नु भयो। कार्यक्रममा नेपाल अध्ययन केन्द्र का डा. नृपेन्द्र सिंह सहित डा.गोपाल प्रसाद अधिकारी,डा विश्वनाथ धिताल, डा. कमलनयन रिजाल, डा. देबनायक न्यौपाने लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

ने.बि सङ्घ भारतका महामन्त्री सूर्य न्यौपानेको अध्यक्षता र दीपक पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।