कसले समाल्छ कांग्रेसमा खुमबहादुर गुट ? - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कसले समाल्छ कांग्रेसमा खुमबहादुर गुट ?



काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधन भएपछि उनले सम्हालिरहेके टिम अब कसरी अघि बढ्छ भन्ने चासो बढ्न थालेको छ ।

चैत १६ गते खड्काको निधनभएसँगै यो टिम छिन्न भिन्न हुन्छद कि, एकीकृत हुन्छ भन्ने चासोका बारेमा नेताहरु खुलेर कुरा गर्न चाहेनन् ।

पार्टीभित्र सशक्त नेताको टिम बनाएर नेतृत्व गरिरहेका नेता खड्काको निधनपछि उनी पक्षधर नेताहरु सभापति शेरबहादुर देउवा गुटमा कि वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा जाने वा छुट्टै टिम बनाएर एकीकृत हुने भन्ने बारेमा गोप्य छलफल भइरहेको बताइएको छ ।

यो टिमका अधिकांश नेताहरु सधापति देउवाको टिमलाई सहयोग गरिरहेका छन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

खड्काको निधनपछि उनले सम्हालेको टिमको नेतृत्व पूर्णबहादुर खड्काले गर्ने चर्चा पनि चलेको छ ।

पूर्णबहादुर खड्का पछि यो टिम सम्हाल्ने सम्भावना नेता मोहनबहादुर बस्नेत र शंकर भण्डारीको रहेको बताइन्छ ।

खड्काको निधनपछि भण्डारी पौडेल गुटमै रहने अनुमान पनि गरिएको छ ।