कसले जित्ने र हार्ने भन्दा पनि मुलुकलाई जोगाउनेतर्फ दलहरु लाग्नुपर्ने :कोईराला - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

कसले जित्ने र हार्ने भन्दा पनि मुलुकलाई जोगाउनेतर्फ दलहरु लाग्नुपर्ने :कोईराला



विराटनगर /मंसिर ,१२ ।

नेपाली कांग्रेस केन्द्रिय सदस्य डा शेखर कोइरालाले मंसिर–२१ गते हुने प्रतिनिधी र प्रदेशको सभाको निर्वाचनमा जसले जिते पनि देशले हार्न नहुने वताएका छन् ।

मोरङ क्षेत्र न ६ वाट नेपाली कांग्रेसको तर्फवाट प्रतिनिधिसभाको उमेदवार समेत रहेका नेता कोइरालाले विराटनगर तथा वुढिगंगा गाउपालिकामा मंगलबार आयोजित छुटाछुटै चुनावीसभालाई सम्वोधन गर्दै राजनितिक द्धन्दतर्फ  मुलुक उन्मुख रहेकाले कसले जित्ने र हार्ने भन्दा पनि मुलुकलाई जोगाउनेतर्फ दलहरु लाग्नुपर्ने वताए ।

उनले  कम्युनिष्टहरुका कारण मुलुक सर्वसत्तावाद र अधिनायकवाद तर्फ गइरहेको बताए । उनले संविधानलाई सर्व स्विकार्य वनाएर सवै जाती समुदायलाई पहिचान, पहुच र प्रतिनिधित्व प्रदान गर्नपनी मुलुकमा कांग्रेसको नेतृत्व आवश्यक रहेको वताए । उनले  आगामी पाचवर्ष भित्र विराटनगर महानगरपालिकाका सवै वाटोहरु कालोपत्रे हुने दावी समेत गरे।

विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले विराटनगरलाई प्रदेशको राजधानी वनाउन नेपाली कांग्रेस लागि  रहेको वताए ।

मोरङ क्षेत्र न ६ का नेपाली कांग्रेसका प्रदेश उमेदवार चुमनारायण तवदारले नेपाली कांग्रेसले सवै जातजातिय समुदायलाई एकैठाउमा जोडने काम गरेको वताए ।