विप्लव समुहका ३ कार्यकर्ता हतियारसहित पक्राउ - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

विप्लव समुहका ३ कार्यकर्ता हतियारसहित पक्राउ



चन्द्रनिगाहपुर– रौतहट प्रहरीद्वारा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ कार्यकर्ता हतियारसहित पक्राउ गरेको छ ।

विप्लव समूहले बुधबार आह्वान गरेको बन्दका क्रममा रौतहटको चन्द्रपुर नगरपालिका–३ को वडा कार्यालयमा आगजनी कार्यमा संलग्नलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा रौतहटकै चन्द्रपुर नगरपालिका–४ टेकान बस्ने ३० वर्षीय रेहान तामाङ भनिने राम बहादुर घिसिङ, सोही ठाउँ बस्ने ३५ वर्षीय मान बहादुर वाइवा र चन्द्रपुर नगरपालिका–४ गैंडाटार बस्ने ५५ वर्षी रेव प्रसाद मैनाली छन् ।

पक्राउ परेकामध्ये रामबहादुर घिसिङको साथबाट सेमी अटोमेटिक चाइनिज पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ५ थान, कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली ३ थान बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, ५५ वर्षी रेव प्रसाद मैनालीको साथबाट १ राउण्ड गोली, पाइप तथा विभिन्न बन्दोबस्तीका सामानहरु फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

पक्राउ परेका ३ जना विप्लव समूहका कार्यकर्ता भएको प्रहरीको भनाइ छ ।

उनीहरुले यसअघि चन्द्रपुर नगरपालिका–३ गैंडाटारमा रहेको एनसेल टावरमा आगजनी गरेको तथा ५ वैशाख २०७६ का दिन (नेपाल बन्द)को क्रममा पूर्वपश्चिम राजमार्गअन्तर्गत धन्सारको जंगलमा ५ वटा सवारीसाधनमा आगजनी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।