कार्यकारी राष्ट्रपति बन्ने तयारीमा प्रचण्ड - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

कार्यकारी राष्ट्रपति बन्ने तयारीमा प्रचण्ड



नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अन्तिम राजनीतिक महत्वाकांक्षा कार्यकारी राष्ट्रपति बन्ने रहेको बताएका छन्।

‘मेरो अन्तिम राजनीतिक महत्वाकांक्षा भनेको मुलुकको तीब्र विकास र समृद्धिको नेतृत्व गर्ने हो’ प्रचण्डले भने, ‘त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्व चाहिन्छ। र, त्यो बन्ने पनि मेरो महत्वाकांक्षा हो। बन्नेछु भन्ने कुरामा म आशावादीपनि छु।

त्यसको लागि ओली जी र मेरो बीचमा गम्भीर ढंगले छलफल पनि भएको छ। देशको विकास र समृद्धिको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्व चाहिन्छ भन्ने मा ओली जी पनि कन्मिन्स हुन्हुन्छ।

उनले गुमाउरो तरिकाले भने ओली सरकार पछि नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्व आउछ। कान्तिपुर टेलिभिजनको फायर साइड’ कार्यक्रमका लागि भूषण दाहालसँग कुराकानी गर्दै प्रचण्डले यो कुरा बताएका हुन्।

पार्टी एकता हुनुअघि तत्कालिन एमाले र माओवादी केन्द्रबीच आलोपालो अध्यक्ष र प्रधानमन्त्रीका बिषयमा कुराकानी भएको पनि प्रचण्डले अप्रत्यक्षरुपमा खुलाशा गरे। पार्टी एकतापछि चाहिँ अध्यक्ष र प्रधानमन्त्रीमा आफ्नो दावी नरहेको पनि उनले बताए।

‘हिजो भिन्दाभिन्दै पार्टी हुँदा प्रधानमन्त्री र अध्यक्ष आलोपालो हुने भन्ने थियो, अब पार्टी एउटै भएपछि त्यो हुन पनि, नहुन पनि सक्छ’ प्रचण्डले भने, ‘पाँच बर्ष स्थायी सरकार चलोस्, आलोपालो प्रधानमन्त्री हुनैपर्छ भन्नेमा म छैन।’

पार्टी एकताअघिका सहमतिका आधारमा प्रधानमन्त्री र अध्यक्ष आलोपालो गर्ने नाममा सरकार र पार्टीलाई अस्थिर बनाउने पक्षमा आफू नरहेको पनि प्रचण्डले बताए।