प्रचण्ड र ओलीमा एक जना प्रत्यक्ष निर्वाचित राष्ट्रपति - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रचण्ड र ओलीमा एक जना प्रत्यक्ष निर्वाचित राष्ट्रपति



काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले समयको मागअनुसार नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरिने बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रममा कुरा गर्दै नेता गजुरेलले आफूहरु संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाने पक्षमा रहेको स्पष्ट पारे ।

केहीदिन अघि राजपाका अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागु गर्ने विषयमा सहमति भइसकेको दाबी गरेका थिए ।

प्रचण्डकै भनाईलाई जोड्दै गजुरेलले समयअनुसार प्रचण्डले कार्यकारी प्रमुखको कुरा उठाएको बताए ।
“कुन समयका के बोल्ने भन्ने कुरा प्रचण्डलाई थाहा छ । अहिलेको आवश्यकता प्रत्यक्ष निर्वाचित राष्ट्रिपतीय प्रणाली नै हो ।” गजुरेलले भने ।

परम्परागत संसदीय प्रणालीले देश विकास हुन नसक्ने भन्दै गजुरेलले असहमति हूँदा हुँदै पनि संविधान जारी गराउनका लागि संविधानमा संसदीय व्यवस्था मान्न बाध्य भएको बताए ।

“अब प्रचण्ड र ओलीमध्ये एक जना नै कार्यकारी प्रमुख हो, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली नभएसम्म देश विकास हुँदैन ।” गजुरेलले भने ।

सोही कार्यक्रममा सहभागि नेपाली कांग्रेसका नेता एनपि साउदले भने संविधानलाई चलाउने चेष्टा गरिए कडा प्रतिवाद गर्ने चेतावनी दिए ।

“संविधानमा भएको व्यवस्थालाई बहुमतको आडमा परिवर्तन गर्न खोजिए कांग्रेस चुप लागेर बस्दैन । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा कांग्रेस सहमत हुनै सक्दैन ।” साउदले भने ।