साई कृपाको भैलो समापन सम्पन्न ,२६ जनवरी कार्यक्रम गर्ने घोषणा - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

साई कृपाको भैलो समापन सम्पन्न ,२६ जनवरी कार्यक्रम गर्ने घोषणा



हिमाल पोष्ट/नयाँ दिल्ली

भारतको दिल्लीमा रहेको श्री साँइ कृपा चेरिटेबल ट्रस्टले नेपाली साँस्कृतिक क्षेत्रमा उल्लेखनीय कार्यक्रम गर्दै प्रवासी नेपाली तथा नेपाली भाषीहरुको विचमा लोकप्रियता कायम गर्ने अग्रणी सस्था हो  ।नेपाली लोक सँस्कृतिलाइ कायम गर्दै तिहारको बेला देउसी भैलोमा प्रदर्शन गरेको साइँ कृपाले एक विशेष कार्यक्रमका विच भैलो समापन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा भारतमा संगठनका प्रमुखहरु नेपाली जन सम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डे, प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका ठाकुर खनाल ,नेपाल आवाज पत्रिकाका अधक्ष्य देवेन्द्र कुवर आदिको  उपस्थिति रहेको थियो ।

पिताम्बर खत्रीले संचालन गरेको उक्त कार्यक्रमको अध्यक्षता भने, साँइ कृपाका अध्यक्ष बिष्णु के. सी. ले गरेका थिए ।

महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रममा एभरेष्ट चेम्बरका अध्यक्ष युवराज बरालको साथै सँस्थापक शेखर कुँवर र प्रमोद खरेल लगायत अन्य कार्यसमिति सदस्यहरुको पनि सहभागिता रहेको थियो ।वल्र्ड गोर्खा फाउण्डेशन ट्रस्टका अध्यक्ष समिर प्रधान, कोषाध्यक्ष विराज शर्मा र नेपाली समाज सेवा समितिका महासचिव कृष्ण शर्माको उपस्थिति रहेको सो कार्यक्रममा चेम्बरका सँस्थापक शेखर कुँवरले नेपाली समूदायका जेहेन्दार बालक कक्षा ८ मा अध्ययनरत अमृत पोख्रेललाइ उनको विभिन्न विधामा देखिएका प्रतिभाहरुको सम्मान गरेका थिए ।र साथै नृत्यमा अब्बल स्थान प्राप्त गर्न सफल कक्षा ९ मा अध्ययनरत बालिका शर्मिला कुँवरलाइ पनि उनले सम्मान गरेका थिए ।

साँइ कृपाका अध्यक्ष बिष्णु के. सी. ले २६ जनवरी, २०१७ को दिन सँस्थाको आयोजनामा नेपालका राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा भव्य एवं शानदार रुपमा नेपाली साँस्कृतिक कार्यक्रम गरिने कुराको घोषणा समेत गरेका  थिए ।