आजबाट बैंकमा नयाँ 'सिस्टम': कारोवार गर्न थप झन्झट, समयमै थाहा पाउनुहोस् - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

आजबाट बैंकमा नयाँ ‘सिस्टम’: कारोवार गर्न थप झन्झट, समयमै थाहा पाउनुहोस्



काठमाडौं- वाणिज्य बैंकहरुले बुधबारदेखि गोएमएल प्रविधि लागु गरेका छन् । यो प्रविधिकै कारण पनि बैंकिङ्ग कारोवार थप झन्झटिलो हुने भएको छ ।

सम्पत्ति शुद्धीकरण निवारणका लागि भन्दै नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंकहरुले बुधबारदेखि गोएमएल सफ्टवेयर लागु गरेका हुन् ।

सुरुवातमा वाणिज्य बैंकहरुमा लागु गरिएको यो प्रविधि बिस्तारै विकास बैंक र फाइनान्स कम्पनीहरुमा समेत यो सिस्टम लागू गर्ने राष्ट्र बैंकको योजना छ ।

आगामी असार महिनादेखि विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि लागु हुने राष्ट्रले जनाएको छ । यो सिस्टम राखे पछि बैंकिङ केहि झण्झटिलो हुनेछ ।

अहिले कसैको नाममा रकम जम्मा गर्न भौचर भरेर जम्मा गर्नेको नाम लेखेमात्रै पुग्ने थियो । तर अब भने भौचरमा जम्माकर्ताले ३ पुस्ते विवरण समेत उल्लेख गर्नु पर्नेछ ।

अब बैंकमा नगद तथा चेक जम्मा गर्न जानेले आफ्नो सरकारी मान्यता प्राप्त सक्कली परिचयपत्र पनि साथै देखाउनु पर्नेछ । तिन पुस्ते भर्नु पर्नेदेखि लिएर सक्कल परिचय पत्र समेत देखाउनु पर्ने भएकाले विद्यमान व्यवस्था भन्दा यो विधि केहि झण्झटिलो हुनेछ ।

अन्तराष्ट्रिय रूपमा प्रयोगमा ल्याइएको गोएमएल एउटा सफ्टवेयर हो ।

सम्पत्ति शुद्धिकरण निवारणका लागि उपर्युक्त हुने भएकाले अन्तर्राष्ट्रिय स्तरमा समेत गोएमएल प्रयोग बढेको छ । विश्वका धेरै देशका बैंक तथा वित्तीय संस्थाहरुले यस सफ्टवेयरको प्रयोग गरिरहेका छन् ।

गोएमएल सफ्टेवयर कार्यान्वयनमा ल्याए पश्चात बैंकहरुले चेक तथा नगद जम्मा गर्ने फारम नयाँ बनाउँदै आन्तरिक प्रणालीलाई पनि परिवर्तन गर्नुपर्ने हुन्छ ।