कर्नाटकमा मोदीलाई झट्का - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कर्नाटकमा मोदीलाई झट्का



काठमाडौं– विश्वासको मत लिनका लागि तोकिएकै समयमा भारतीय जनता पार्टीबाट कर्नाटकको मुख्यमन्त्री बनेका यदियुरप्पाले राजीनामा दिएका छन् । मुख्य मन्त्री बनेको दुई दिनपछि यदियुरप्पाले राजीनामा दिएका हुन् । अब भारतीय कांग्रेस र जनता दलको संयुक्त सरकार बन्ने बाटो खुलेको छ ।

भारतीय समयअनुसार आज दिउँसो चार बजेसम्ममा उनले विश्वासको मत लिइसक्नुपर्ने थियो । तर, त्यही समयमा उनले राजीनामाको वक्तव्य दिए । विश्वासको मतका लागि फ्लोर टेस्ट पूर्व नै कर्नाटकको २ सय २२ सिटमा भएको चुनावमा १ सय ४ सिट जित्दा पनि उनले राजीनामा दिनुपर्‍यो ।

चुनावमा भारतीय कांग्रेसले ७८ र जनता दलले ३८ सिट हात पारेका थिए । निर्वाचन सम्पन्न हुनसाथ येदियुरप्पाले मुख्यमन्त्रीमा शपथ लिएपछि कांग्रेस र जनता दलले विरोध गरेको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नियुक्त गरेका राजपालले बहुमत नल्याए पनि बीजेपीलाई सरकार बनाउन आह्वान गरेका थिए । त्यसपछि यदियुरप्पाले सपथ लिएका थिए । तर, दोस्रो र तेस्रो दल मिलेर भाजपाको रणनीतिविरुद्ध अदालत पुगे ।

अदालतले आज ४ बजेसम्ममा विश्वासको मत पुष्टि गर्न समय दिएको थियो । त्यसबीचमा भाजपाले कांग्रेस र जनता दलका सांसदलाई ‘किन्न’ खोजेको आरोप लाग्यो । आज बिहानसम्म पनि भाजपाले बहुमत पुर्‍याउने दावी गरेको थियो । तर, भाजपाको कुटनीति जसलाई चाणक्य शैलीका रुपमा पनि व्यख्या हुन्छ, फेल खायो । भाजपा अध्यक्ष अमित साह र मोदी दुवै कर्नाटकमा जित हासिल गर्दागर्दै पनि हार बेहोर्न वाध्य भए ।