कर्णालीका जनतालाई स्थानीय सरकारको गज्जबको उपहार - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

कर्णालीका जनतालाई स्थानीय सरकारको गज्जबको उपहार



धनगढी- कर्णाली प्रदेश सरकारले गज्जबको योजना सुरुवात गरेको छ । यस योजनामा १७ लाख ७० हजार जनताको सामूहिक बीमा गराएको छ ।

प्रदेश सरकारले नेपालमै पहिलोपटक सामूहिक दुर्घटना बीमा कार्यक्रम ल्याएकाे हाे । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरी यस्तो कार्यक्रम सुरु गरेको हो । बुधबार मन्त्रालय र कम्पनीबीच सम्झौता भएर कार्यक्रम सुरू गरिएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका जनतालाई थप राहत दिन बीमा कार्यक्रम लागू गरिएको बताए । कर्णाली प्रदेश हरेक प्रकारका प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले जनधनको जोखिम कम गर्न यस्तो कार्यक्रम सुरू गरिएको मुख्यमन्त्री शाहीको भनाइ छ ।

‘कर्णाली प्रदेश भीर पाखा धेरै भएको प्रदेश हो, भीरबाट खसेर बर्सेनि धेरै मानिसको ज्यान जाने गरेको छ, आगलागी, चट्याङ, बाढी पहिरोजस्ता बिपत्त्तिको जोखिम बहन गर्न सामूहिक बीमा कार्यक्रम सुरू गरिएको हो,’ मुख्यमन्त्री शाहीले भने ।