कर्ण मल्लले दिए प्रदेश सभा सदस्यबाट नैतिकताको आधारमा राजीनामा - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

कर्ण मल्लले दिए प्रदेश सभा सदस्यबाट नैतिकताको आधारमा राजीनामा



डडेल्धुरा- सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले प्रदेश सभा सदस्य पद त्यागेका छन्। देउवाले पार्टीबाट हटाएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।

बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे उनले सुदूरपश्चिम प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका छन्। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रुपमा आफूहरुलाई पेलेको भन्दै मल्ल समूह रुष्ट बनेको थियो।

केही दिन अघिमात्र नेपाली कांग्रेसले पार्टीको साधारण सदस्य समेत नरहनेगरि उनलाई कारबाही गरेको थियो। वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उनले आफू निकट नेता कार्यकर्तालाई नेपाली कांग्रेस बीपीबाट उम्मेदवारी दर्ता गर्न लगाएका छन्।

उक्त समूहले नेकपा एमालेसँग गठबन्धन समेत गरेको छ। उनीसँगै कांग्रेसको एक समूहले कांग्रेस परित्यागको घोषणा गर्ने तयारी गरेका छन्।