कर्मचारीका सन्ततीका लागि निजामती विद्यालय सञ्चालन गरिने - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

कर्मचारीका सन्ततीका लागि निजामती विद्यालय सञ्चालन गरिने



काठमाडौं- सरकारले निजामती कर्मचारीको मासिक तलब बढाउनुका साथै दुई नयाँ घोषणा गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै राष्ट्रसेवकको मनोबल बढाउन यस्तो घोषणा गरेका हुन्।

अध्यादेशमार्फत ल्याइएको आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दे उनले कोरोना– १९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण अपेक्षाकृत तलब बढाउने अवस्था नभएपनि राष्ट्रसेवकको मनोबल बढाउन सो तलव बृद्धि गरिएको बताए ।

निजामती कर्मचारीको सन्ततीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न हरेक प्रदेशमा निजामती विद्यालय सञ्चालन गर्ने र भएका विद्यालयलाई स्तरोन्नती गर्ने अर्थमन्त्रीले बताए । त्यस्तै निजामति कर्मचारीका सन्ततीलाई प्रदेशगत रुपमा प्रतिस्पर्धा गराइ स्नातक माथी अध्यन गर्नका लागि छात्रबृद्धि प्रदान गर्ने समेत उनले बताए ।

त्यस्तै कर्मचारीलाई हाल दिइएको महंगी भत्तालाई कायमै राखिएको, कर्मचारीको १० लाखको सामूहिक दुर्घटना विमा र एक लाखको स्वास्थ्य बिमाको प्रिमियम सरकारले व्यहोर्ने पनि उनले बताए ।

दक्षिण एसीयाका अन्य मूलुक सरह निजामती कर्मचारीको तलबमान र अरु सेवा सुविधाबारे सुझाव पेश गर्न ‘पे कमिसन’ गठन गर्ने समेत अर्थमन्त्रीले बताएका छन् ।

निजामती कर्मचारीलाई सहुलियत दरमा आवास सेवा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सातै प्रदेशमा सामूहिक आवास निमार्ण गर्ने, निजामती कर्मचारीले तिर्ने सामाजिक सुरक्षा करको ५० प्रतिशत निजामती अस्पतालको पूर्वाधारका लागि दिने र अस्पतालमा निजामती कर्मचारीका लागि शैया तोक्नुका साथै डेडिकेटेड सेवा सुरु गर्ने समेत बजेटमा उल्लेख छ ।