कर्मचारीले राजनीति गरे सिधै कारवाही: मन्त्री पण्डित - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

कर्मचारीले राजनीति गरे सिधै कारवाही: मन्त्री पण्डित



काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारी राजनीतिमा संलग्न भएको पाइए सरकारलाई सैह्य नहुने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले कर्मचारीहरूले कार्यथलोमा राजनीति गरे सैह्य नहुने चेतावनी दिएका हुन्।

उनले कामबाहेक कर्मचारीहरूलाई अरु गतिविधिमा संगल्न हुन नदिने प्रतिवद्धता जनाएका छन्। मन्त्री पण्डितले सरकारले राजनीतिक पूर्वाग्रहको आधारमा कर्मचारीहरूमाथि कुनै पनि खालको व्यवहार नगर्ने पनि बताए। मन्त्री पण्डितले कर्मचारीहरूलाई स्वेच्छिक अवकाश दिने काम तत्कालका लागि स्थगित गरिएको पनि बताए। त्यस्तै, मन्त्री पण्डितले सरकारले १५ दिन भित्र सबै तहमा आवश्यक कर्मचारीको व्यवस्था गर्ने जानकारी दिएका छन्।

उनले राष्ट्रसेवक निजामती कर्मचारीहरूलाई आफूले प्राथमिकता दिने योग्यता, क्षमता अनुसार निर्धारण गरिएको पदमा जाने गरी १५ दिन भित्र आवेदन दिन पनि आह्वान गरेका छन्।

उनले तोकिएको कार्यक्षेत्रमा गएर काम गर्न कर्मचारीहरूलाई पुनः सचेत पनि गराए। मन्त्री पण्डितले निजामती सेवा ऐनले गरेको व्यवस्था अनुसार सबै निजामती कर्मचारीले आफ्नो कार्य क्षेत्रमा गएर काम गर्नुपर्ने पनि स्पष्ट पारे।