संक्रमित कर्मचारीको विदा कटौती - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

संक्रमित कर्मचारीको विदा कटौती



काठमाडौं : कोरोना संक्रमित सरकारी कर्मचारीले सात दिन बिदा पाउने भएका छन्। मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि परिपत्र गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका कार्यालयलाई यस्तो जानकारी दिएको हो।

यसअघि कोरोनाको पहिलो लहरमा संक्रमित हुँदा कर्मचारीले १४ दिन बिदा पाउँदै आएका थिए। यसपटक संक्रमण कडा नदेखिएको र संक्रमित चाँडै निको हुने गरेकाले बिदा कटौती गरिएको हो।

संक्रमित अस्पताल भर्ना हुनु परेको अवस्थामा भने डिस्चार्ज भएको मितिले तीन दिनसम्म मात्रै बिदा पाउने छन्। कन्ट्याक्ट ट्रेसिङमा परेकोमा सम्बन्धित सुपरीवेक्षकको अनुमति लिई कोभिड–१९ परीक्षण नगरेसम्म बढीमा पाँच दिनसम्म बिदा पाउने मन्त्रालयले जनाएको छ। यस्तो बिदा कर्मचारीको सञ्चित वा पाउने बिदाबाट कट्टा हुँदैन। सरकारले कुनै सार्वजनिक संस्थाका पदाधिकारी वा कर्मचारीलाई कोरोना संक्रमण भए उनीहरूको बिदा कट्टा नगर्न निर्देशन जारी गरेको छ।