१७ सय कर्मचारीलाई विभागीय कारबाही ! - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

१७ सय कर्मचारीलाई विभागीय कारबाही !



काठमाडौं। राष्ट्रिय सतर्कता केन्द्रले करिब १ हजार ७ सय निजामती कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । केन्द्रले गत साउनदेखि जेठ २२ सम्म देशभर ९ सय २१ सरकारी कार्यालयमा छड्के गरेको थियो । सो मध्ये १ हजार ६ सय ८५ कर्मचारीलाई कारबाहीको सिफारिश गरेको छ ।

कारबाहीको सिफारिस गरिएकामध्ये ५ सय ४२ कर्मचारी पोसाक नलगाएको र १ हजार १ सय ५३ कर्मचारी समयमा कार्यालयमा नगएको केन्द्रले जनाएको छ । केन्द्रले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई चिठी लेखेर सिफारिस गरिएका कर्मचारीलाई विभागीय कारबाही गर्न चिठी पठाएको हो।

केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले गत साउनदेखि जेठ २२ सम्म केन्द्रले गरेको सिफारिसमा १ हजार ६ सय ८५ कर्मचारीलाई कारबाहीको सिफारिस गरिएको बताए । केन्द्रका अर्का एक उच्च कर्मचारी भन्छन्, ‘यती ठूलो संख्यामा कारबाहीको सिफारिस गरिनुको अर्थ निजामती कर्मचारीमा अनुशासनहीनता बढ्दै गएको संकेत हो ।’ मुलुक संघीय प्रणालीमा गए पनि निजामती कर्मचारीको काम गर्ने शैलीमा कुनै परिवर्तन नभएको उनले बताए ।

केन्द्रबाट कारबाहीको सिफारिस गरिएकामध्ये केही कर्मचारी सिंहदरबारमै कार्यरत छन् । याे खबर अाजकाे नागरिकले लेखेकाे छ ।