बिहानैदेखि कर्मचारीले मन्त्रालय घेराउ गरेपछी… - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बिहानैदेखि कर्मचारीले मन्त्रालय घेराउ गरेपछी…



काठमाडौं- कर्मचारीहरूले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन्।

प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन नभएको भन्दै सोमबार कर्मचारीहरूले संघीय मामिला मन्त्रालय घेराउ गरेर प्रदर्शन गरेका हुन्।

‘नायब सुब्बा बचाऊ अभियान’ को अगुवाइमा कर्मचारीहरूले संघीय मामिला मन्त्रालय घेराउ गरेर प्रदर्शन गरेका हुन्।

उनीहरूले संघ, प्रदेस र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था राख्नुपर्ने, शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक÷अन्तरतहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम हुनुपर्ने, सहसचिव र उपसचिव पदमा योग्यता पुगेका राजपत्र अनंकित कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्नेलगायतका माग अघि सारेका छन्।

त्यस्तै सरूवा प्रणालीमा चक्रिय र पूर्वानुमानयोग्य हुनेपर्नेजस्ता प्रावधान संघीय निजामती सेवा ऐनमा समावेश गर्न उनीहरूले माग गरेका छन्।