कर्मचारी स्वेच्छिक अवकाश: प्रधानमन्त्री सहमत - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कर्मचारी स्वेच्छिक अवकाश: प्रधानमन्त्री सहमत



हिमालपोष्ट संवाददाता/काठमाडौं

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कर्मचारीलाई स्वेच्छिक अवकाश दिन सहमत भएका छन् । कर्मचारीको आधिकारिक ट्रेड

युनियनका प्रतिनिधि र विभिन्न दलका प्रतिनिधिहरूको भेटमा उनले स्वेच्छिक अवाकास दिने कुरामा साकारात्मक रहेको बताएका हुन् ।

‘सङ्घीय कर्मचारी ऐन, कर्मचारी खटनपटन, स्वेच्छिक अवकाशलगायत विषयमा प्रधानमन्त्रीसँग हाम्रो छलफल भयो’ आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले भने  ‘समग्र विषय छलफलबाटै टुंग्याउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ।’

सरकारले कर्मचारी समायोजन ऐन २०७४ ल्याएपछि ऐनकै व्यवस्थाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा काम गर्न नचाहेका पाँच जना सचिवसहित ९ हजार ६ सय ५६ जना कर्मचारीले स्वेच्छिक अवकाशमा निवेदन दिएका थिए।

प्रधानमन्त्री ओली र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई स्वेच्छिक अवकाश दिन नसकिने बताउँदै आएका बेला कर्मचारीहरूले उनीहरूलाई भेटेर कर्मचारी समायोजन ऐन नमिच्न आग्रह गरेका हुन्।

घरपायक ठाउँमा काम गर्न जान पाउने, श्रीमान् र श्रीमती दुवै कर्मचारी हो भने सकेसम्म एकै ठाउँमा खटाउनेजस्ता योजना ल्याएर स्थानीय तहमा कर्मचारी खटाउन लागिएको पनि मन्त्रालयले जनाएको छ।