सञ्‍चारमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध उजुरी - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

सञ्‍चारमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध उजुरी



सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेको छ।

गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका सञ्चारमन्त्री कार्कीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो। नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ।

जसपा नेतासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका एमाले सुनसरी क्षेत्र नं. ४ निर्वाचन परिचालन कमिटीका संयोजक सरोज पोखरेलले मन्त्री कार्कीविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी दर्ता गराएका हुन्। सञ्चारमन्त्री कार्कीलाई प्रहरी प्रशानको दुरुपयोग गरेको, चुनावी प्रचारमा धेरै सवारी साधन प्रयोग गरिएको लगायतका आरोप लगाइएको छ।

पोखरेलले मन्त्री कार्कीले जनप्रतिनिधिहरुलाई चुनावी प्रचारप्रसारमा समेटेको र सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय मातहतका कर्मचारीहरु समेतलाई चुनावी प्रचारप्रसारमा सामेल गराएकोले उजुरी दिनुपरेको बताए।