करिनाले एउटा रियालिटी शोको लागि ८० करोड भारु लिने - Himal Post Himal Post
  • ४ श्रावण २०८३, सोमबार
  •      Mon Jul 20 2026
Logo

करिनाले एउटा रियालिटी शोको लागि ८० करोड भारु लिने



मुम्बई– ‘बलिउडले विस्तारै हिरोइनहरुलाई गन्दैछ’ एउटा टेलिभिजनसँगको वार्तामा निर्माता तथा निर्देशक करन जोहरले हालै मात्र भनेका थिए, ‘चलेका अभिनेत्रीहरुले राम्रै पारिश्रमिक र फिल्मको हिस्सेदारी पाउन थालेका छन्। नपत्याए करनी, आलिया र दिपिकालाई हेरौं।’

संयोग पनि कस्तो परेछ भने, हालै मात्र भारतीय अभिनेत्री करिना कपुरले एउटा रियालिटी शोको लागि एक सिजनको पारिश्रमिक मात्र ८० करोड भारु लिने समाचार बाहिरिएको छ।

दोस्रो दुलहीका रुपमा अभिनेता शैफ अली खानसँग बिहे गरेपछि सन्तानकी आमा पनि बनिसकेकी करिना यो बीचमा लामो समय फिल्ममा देखिएकी थिइनन्। तर भारतीय टिभी शो ‘डान्स इन्डिया डान्स’मा उनलाई निर्माताहरुले हालै मात्र निर्णायकका रुपमा अनुबन्ध गरेका छन्।

जम्मा तीन महिना समयावधी रहेको यो शोमा उनको भूमिका र प्रस्तुती कस्तो हुने छ त्यो चाहिँ प्रतिक्षाकै विषय बनेको छ।