करिब चार हजार कर्मचारी जागिर छाड्दै - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

करिब चार हजार कर्मचारी जागिर छाड्दै



गोरखापत्र : काठमाडौँ । प्रदेश र स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बेला करिव चार हजार जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन्।

गत पुस ३० गते ४ छ दिनको अवधि राखि सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सुचना प्रकाशित गरी समायोजनमा जान नचाहने कर्मचारीलाई स्वैच्छिक अवकाश लिन सुचना सार्वजनिक गरेको थियो।

मन्त्रालयका अनुसार निवेदन दिन तोकिएको समयावधिको अन्तिम दिन आईतवारसम्म तीन हजार ४८० जना कर्मचारीले स्वैच्छिक अवकाशका लाग निवेदन दिएका छन्।