ओलीमाथि संक्रामक रोग फैलाएको आरोपमा कारबाही सुरू - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

ओलीमाथि संक्रामक रोग फैलाएको आरोपमा कारबाही सुरू



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ। कोरोना संक्रमण हुँदा आइसोलेसनमा नबसी रक्तदान कार्यक्रममा सहभागी भएका ओलीविरुद्ध उजुरी दर्ता भएको हो।

यससँगै ओलीमाथि लागेको आरोपबारे कारबाही सुरू भएको बताइएको छ । उक्त आरोप पुष्टि भएको खण्डमा ओलीमाथि कारबाही हुनेछ ।

अध्यक्ष ओलीमाथि संक्रामक रोग ऐन, २०२० अन्तर्गत जानीजानी संक्रामक रोग फैलाएकाले कारबाही गर्न माग गरिएको छ। जानी जानी संक्रामक रोग फलाएको पुष्टि भए १० वर्षसम्म कैद हुन सक्ने व्यवस्था ऐनमा छ।

आइतबार नै उजुरी कार्यालयमा पुगेको भएपनि प्रशासनले दर्ता गरेको थिएन। माघ १२ गते एमालेको भातृ संगठन युवा संघले बालकोटमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएका थिए।

यसअघि माघ ११ गते मात्र एमालेले विज्ञप्ति जारी गर्दै ओलीलाई कोरोना संक्रमण भएको जानकारी दिएको थियो।