करेन्ट मसला लोकदोहोरी गित प्रतियोगितामा एस.के म्युजिक प्रा.लि प्रथम - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

करेन्ट मसला लोकदोहोरी गित प्रतियोगितामा एस.के म्युजिक प्रा.लि प्रथम



 समिर प्रकाश पाण्डे

वुटवल उधोग वाणिज्य संघको अायोजनामा वुटवलमा संचालन भएको अौधोगिक १७ अौं व्यापार मेलामा अायोजना गरिएको करेन्ट मसला लोक दोहोरी गित प्रतियोगिता मेलाको अन्तिम दिन अथात शनिवार संपन्न भएको छ ।

शनिवार भएको फाईनल प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्बिनी अञ्चललाई पछि पार्दै एस.के म्युजिक प्रा.लि वुटवलले प्रथम स्थान हासिल गरेको छ ।

एस.के म्युजिकको तर्फबाट डिला बि.क र राजु के.सीले प्रतिनिधित्व गरेका थिए । उपाधी संगै प्रथम हुने टोली एस.के म्युजिक प्रा.लिले ५१ हजार नगद पुरस्कार  पनि प्राप्त गरेको छ ।