करनालमा महानायक हमालको क्रेज (फोटो कथा) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

करनालमा महानायक हमालको क्रेज (फोटो कथा)



हिमाल पोस्ट /मङ्सिर,४

भारतको  हरियाणा राज्यको कारनालमा हामी एक हौ नेपाली  सांस्कृतिक परिवारद्वारा इण्डो नेपाल  सांस्कृतिक कार्यक्रम २०७४ आइतबार सम्पन्न भएको छ ।

सार्क मिसनका  सांस्कृतिक र  राजनैतिक  सल्लाहाकार  एवंम् हिन्दु राष्ट्र पुनः स्थापना मञ्चका सस्थापक  ई .विष्णु प्रसाद बरालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त  कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भारत शाखाका सह सचिव अर्जुन खनाल ,पशुपति सम्पर्क मञ्चका संरक्षक तुल्सी ढकाल ,अभाने स्ववियुका महासचिव प्रकाश पोख्रेल ,प्रवासी नेपाली सङ्घका रामप्रसाद भण्डारी ,गोर्खा रेजिमेन्टका सुकेदार भारत बहादुर थापा ,आदिको उपस्थिति रहेको थियो ।

कार्यक्रमका मुख्य केन्द्र बिन्दु महानायक राजेश हमाल र उनकी धर्म पत्नी मधु भट्टराईको साथमा लोक पप गायक अर्जुन कौशल ,लोक दोहोरी गायक प्रेम लामिछाने मगर ,गायिका विष्णु ठडराई , हास्य कलाकार कमल भट्टराई “आस्कोट बाजे ‘ ,विजय बम्देल “मङ्गले ‘,गायक शीतल लामिछाने ,विष्णु बराल ,आधुनिक गायक दीपक शर्मा ,लोकदोहोरी गायिका सुमित्र भुजेल ,माया प्रजापति ,विष्णु बराल ,कृषन लाल ,बालकलाकारमा  जया थापाको समूह ,आदिले आफ्नो दमदार प्रस्तुति दिनु भएको थियो ।

सुशील पोख्रेलले भने आफ्नो योगा मार्फत दर्शको ध्यान केन्दित गर्नु  भएको थियो ।लोक पप गायक अर्जुन कौशलले महानायक हमाललाई नाथिया वालिमा  छाम  छामी नाचाउनु भएको थियो ।महानायक  नाच्दै गर्दा  दर्शकको घुईचोले  कार्यक्रम स्थल भरिभराउ भएको थियो ।

ग्लोबल आईएमी  र अईएमी लिमिटेडले दर्शकको लागि उपाहार चिठ्ठा राखेको थियो जसमा ३ जनलाई उपाहार स्वरूप मोबाइल फोन महानायक हमालद्वारा प्रदान गरिएको थियो ।  विदेशमा दुख गरेर कमायको पैसा सजिलै नेपाल पठाउनको लागि अईएमी गर्न प्रतिनिधिले  सुझाव दिनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बरालले नेपालको सस्कृति हामी आफैले बचाउनु पर्ने भन्दै यस्ता कार्यक्रमले नेपाली समुदायलाई टेवा पुर्‍याउने बताउनु भएको थियो ।महानायक हमाल पनि हिन्दु सस्कृति बचाउन आफूले पनि सोही अनुरूपको फिल्म  बनाउने बताउनु भएको थियो ।

कार्यक्रममा हरियाणा पुलिसका ए.यस.आई रामप्रसाद पन्त ,अशोक क्षत्री,हवल्दार राजु बर्मा ,कमल थापा दिनेश आदिले सुरक्षा सहयोग दिनु भएको थियो भने गणेश प्रसाद शर्मा ,विष्णु भुसाल ,गोपीराम जैसी ,मधुवन महिला समूह ,उदय राज न्यौपानेले  विशेष सहयोग गर्नु भएको थियो ।

कृष्णबहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा स्वागत तिलक भुसाल र कार्यक्रमको सञ्चालन कृष्ण प्रसाद भट्टराईले गर्नु भएको थियो ।