राष्ट्रिय भलिवलको उपाधि प्रदेश नं. ४ लाई - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

राष्ट्रिय भलिवलको उपाधि प्रदेश नं. ४ लाई



दिपा महत / कपिलवस्तु ।कपिलवस्तुमा जारी प्रदेश स्तरीय प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगीताको उपाधि प्रदेश नं. ४ ले जितेको छ ।

सोमबार राती प्रदेश नं. ४ र ७ बीच भएको उपाधि भिडन्तको खेलमा प्रदेश नं. ४ ले उपाधि जितेको हो । प्रदेश नं. ७ प्रतियोगीताको दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो ।

निकै रोचक र प्रतिष्पर्धात्मक बनेको खेलको पहिलो सेट प्रदेश नं. ४ ले जितेपनि दोस्रो सेट प्रदेश नं. ७ ले जित्दै लयमा फर्कने कोशिस गरेको थियो । तर त्यसपछिको लगातार दुई सेट प्रदेश नं. ४ ले जिते पछि प्रदेश नं. ७ उपविजेतामा चित्त बुझाउन बाध्य बन्यो ।

यस्तै प्रतियोगीतामा प्रदेश नं. ५ तेस्रो स्थानमा आउन सफल भएको छ । प्रतियोगीताको उपाधि जिते संगै प्रदेश नं. ४ ले रु १ लाख १ हजार १११ रुपैया सहित शिल्ड प्राप्त गर्यो । यस्तै दृतीय हुने प्रदेश नं. ७ ले रु ५५ हजार ५ सय ५५ र तृतीय हुने प्रदेश नं. ५ ले रु ३३ हजार ३३३ सहित शिल्ड, मेडर र प्रमाणपत्र प्राप्त गरे । विजयी खेलाडीलाई प्रदेश नं. ५ का प्रदेशसभा सदस्य विष्णु पन्थीले एक कार्यक्रमका बीच पुरस्कार वितरण गरे ।

जिल्ला खेलकुद विकास समितिद्धारा आयोजित प्रतियोगीता शुक्रबार देखि शुरु भएको थियो । प्रतियोगीता अत्याधुनिक प्रविधिको साथ रातीमा सञ्चालन गरिएको थियो । सामाजिक सद्भाव र राष्ट्रियताको भावना जगाउने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छवी रेश्मी मगरले बताए ।

रातिमा आयोजना गरिएको प्रतियोगीता देशकै पहिलो रहेको उहाले दाबी गरे। प्रतियोगीता अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । प्रतियोगीता हेर्नका लागि टिकटको प्रर्वन्ध मिलाइएको समितिका कार्यालय सचिव मिन प्रसाद पोख्रेलले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार प्रायोजक सिद्धार्थ गौतम ओभरसिज प्रालि काठमाण्डौ, द्धितिय पुरस्कार होटल थ्रिएस प्रालि वाटर किंङ रिसोर्ट र तृतिय पुरस्कार मौषम सप्लायर्सले गरेको हो ।