कम्बोडियाका सहायक प्रधानमन्त्री डाक्टर एम लिङबेङ प्राचीन कपिलवस्तुमा
कपिलवस्तु । कम्बोडिया संघ नाकानायाका सहायक प्रधानमन्त्री डाक्टर एम लिङबेङले तिलौराकोटको अवलोकन भ्रमण गरेका छन् ।
लिङबेङसहित आएका २० बढी सदस्यीय टोलीले प्राचीन कपिलवस्तु स्थित बुद्ध स्थल तिलौराकोट अवलोकन गरेका हुन ।
कम्बोडियाा राजदुत एचई पिङकाहुन पनाहा समेत रहेको टोलीलाई लुम्बिनी विकास कोषका तिलौराकोट ईकाईका प्रमुख माधव आचार्यले तिलौरकोटको ऐतिहासिक पृष्ठमूभि र पुरातातित्वक महत्वका बारे जानकारी गराएका थिए । टोलीले तिलौराकोटको पश्चिमी, पुर्वीद्धारा र उत्खनन स्थलको समेत अवलोकन गरेका थिए ।
सो क्रममा आचार्यले तिलौरोकोटको ऐतिहासिकता प्रमाणित हँुदै गएको जानकारी गराएका थिए । बिश्व सम्पदा सुचीमा प्रस्तावित तिलौराकोट ३ बर्षभित्र सुचीकृत हुने गरी कार्य अघि बढाइएको उनले बताए ।
लुम्बिनी भ्रमण सकेर यहाँ आएका सहायक प्रधानमन्त्री डाक्टर एम लिङबेङले यहाँ आउदा आफूलाई निकै शान्ति मिलेको संचारकर्मीलाई प्रतिक्रिया दिए । उनले आफुलाई बुद्ध स्थलमा पाईला टेक्न पाउनु निकै गौरवको कुरा भएको बताए ।
राजदुत एचई पिङकाहुन पनाहाले आफनो देशमा रहेका हजारौँ बुद्ध धर्मावलम्बीहरू लुम्बिी र प्राचीन कपिलवस्तु आउन आतुर रहेको बताए । तिलौरकोट राजा शुद्धोदनको राजप्रसाद र बुद्धले २९ वर्ष बिताएको ठाउँ मानिएको छ ।