करेन्ट लागेर र ट्रकको ठक्करले कपिलवस्तुमा २ जनाको मृत्यु - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

करेन्ट लागेर र ट्रकको ठक्करले कपिलवस्तुमा २ जनाको मृत्यु



कपिलवस्तु,१ असोज । जिल्लामा आइतबार भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। वाणगंगा नगरपालिका ४, झुंगामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय ३५ वर्षीय बिथैया चौधरीको मृत्यु भएको छ।

विजुलीको टु फेज लाइनबाट तार ल्याएर कुलोमा माछा मार्दा चौधरीलाई करेन्ट लागेको थियो। उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। जिल्लाको बुद्धभूमि नगरपालिका २, गोरुसिंगेमा भारतीय ट्रकले ठक्कर दिंदा स्थानीय ५५ वर्षीय भक्तिराम चौधरीको मृत्यु भएको छ।

पूर्व पश्चिम लोकमार्ग अन्तर्गत गोरुसिंगेमा यूपी ६४ एटी ०४८६ नम्बरको भारतीय ट्रकले साइकल यात्री चौधरीलाई ठक्कर दिदा उनी घाइते भएका थिए। उनको तत्काल उद्दार गरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रल्हाद अधिकारीले जानकारी दिए। गाडी नियन्त्रणमा लिइए पनि चालक फरार रहेका उनले बताए।