कपिल शर्मा पुन: संकटमा ! - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कपिल शर्मा पुन: संकटमा !



पछिल्ला केही दिन यता चर्चित भारतीय हास्यकलाकार कपिल शर्मा समस्यामा परिरहेका छन् ।

भारतीय सञ्चारमाध्यमहरुमा उनको नकारात्मक चरित्रलाई चित्रण गरिएका समाचारहरुले स्थान बनाइरहेका छन् भने भरखर मात्र शुरु भएको नयाँ शोलाई पनि एकमहिनाको लागि सस्पेन्ड गरिएको समाचारहरु सार्वजनिक भएका छन् ।

कपिल पछिल्ला दिन उनकी पूर्व प्रमेकी प्रीति, डा मसुर गुलाटी, केही पत्रकारको शिकारमा परेको उनका एक साथी तथा कमेडियनले आरोप लगाएका छन् ।

कपिललाई समस्या परिरहेको बेलामा उनलाई समर्थन गर्न कमेडियन कीकू शरद अगाडि आएका छन् । शुरुवाती दिनदेखिनै कपिलसँग काम गर्दै आएका उनले कपिलका बारेमा पछिल्ला दिनमा गलत समाचारहरु छापिएको आरोप लगाएका छन् ।

उसले कपिलका बारेमा नभएका कुरालाई बनाएर समाचारमा प्रश्तुत गरिएको बताएका छन् ।

उनले आफू कपिललाई गाली गर्ने पक्षमा नरहेको भन्दै तर उनले रिसलाई नियन्त्रण गर्नुपर्ने बताए ।

उनले कपिलका विषयमा नकारात्मक कुरा गर्न नुहुने भन्दै मानिसलाई हसाउने उनको खुसीको प्रशंसा गर्नुपर्ने तर्क गरे ।

कीकू शारदा कपिलको शोमा बंपरको भूमिकामा आउँदै । उनका साथै कपिलको पक्षमा अन्य कलाकारहरु पनि उभिएका छन् ।