कपिल शर्माकी पत्नी गर्भवती भएको चर्चा के हो ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कपिल शर्माकी पत्नी गर्भवती भएको चर्चा के हो ?



मुम्बई – कपिल शर्मा पछिल्लो समय आफ्नो ‘द कपिल शर्मा शो’ का कारण चर्चामा छन् । कपिलको यो कमेडी शो टीआरपीका मामलामा पनि नम्बर १ मा छ । कपिल आफ्नो व्यावसायिक जीवनसँगै वास्तविक जीवनलाई पनि सफल बनाउने योजनामा छन् ।

हालै भने कपिल शर्माका फ्यानलाई एउटा खुशीको कुरा छ । खबरलाई आधार मान्ने हो भने कपिल शर्मा र गिन्नी चतरथका घरमा नयाँ पाहुना को आगमन हुने भएको छ ।

भारतीय मिडियाले स्रोतका हवाला दिँदै यस्तो लेखेका छन् । रिपोर्टका अनुसार कपिल शर्माकी श्रीमती गिन्नी चतरथ गर्भवती छिन् । जहाँकि, यो खुशीको कुरालाई कपिल शर्मा र उनको परिवारले आधिकारिक रुपमा बताएका छैनन् । यसका साथै यो पनि खबर आएको छ कि, कपिलले नयाँ पाहुनाको स्वागतको तयारी पनि गरिरहेका छन् ।

कपिल शर्माले सन् २०१८ को डिसेम्बरमा आफ्नो बाल्यकालकी साथी गिन्नी चतरथसँग बिहे गरेका थिए । उनको बिहेमा बलिउडका कैयन् कलाकार पनि उपस्थित थिए । कपिल शर्माले भारतमा सबैभन्दा धेरै हेरिने स्टान्डअप कमेडियन बनेर वल्र्ड बूक रेकर्डस् लण्डनमा आफ्नो नाम लेखाएका छन् ।