कपिल शर्मा बिरोधि अभियान फेरी चल्यो भारतमा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कपिल शर्मा बिरोधि अभियान फेरी चल्यो भारतमा



एजेन्सी । भारतमा चर्चित रहेका कमेडियन कपिल शर्मा विरुद्ध ट्वीटरमा आक्रोश पोखिएको छ ।

उनले पूर्व क्रिकेटर तथा राजनीतिज्ञ नवजोत सिंह सिद्दुको समर्थनमा आफ्नो भनाइ राखेपछि भारतीयहरु उनि माथी खनिएका हुन् । कपिलले कसैलाई प्रतिबन्ध लगाउनु समस्याको समाधान नरहेको बताएका थिए ।

कश्मिरको पुलवामा आतंकवादी समुह जैश–ए–मोहम्मदले गराएको आत्मघाती आक्रमणमा परि ४९ जवान भारतीय शैनिक मारिएका थिए ।

कश्मिरमा भएको आतंकवादी हमलापछि तात्तिएको ट्वीटरले कपिललाई पनि पोलेको हो । भारतीय हरुले अहिले अब कपिल शर्मालाई बहिष्कार गर्नुपर्ने (बाइकटकपिलशर्मा) भन्दै ट्वीटर ट्रेन्ड चलाइरहेका छन् ।

द कपिल शर्मा शो का प्रस्तोता रहेका उनले सिद्दुको कारबाहीलाई दिर्घकालीन समाधान नरहेको भन्दै भने, ‘यो एकदम तुच्छ कुरा हो अथवा यो एउटा प्रोपोगान्डा पनि हुनसक्छ । कसलाई प्रतिबन्ध लगाउँदैमा वा नवजोत सिंह सिद्दुलाई बर्खास्त गर्नु समस्याको समाधान होइन जस्तो लाग्छ । यदि सिद्दुजीलाई बर्खास्त गर्नु समस्याको समाधान भए उनि आफैं कार्यक्रम छोडेर जानेथिए । हामीले दिर्घकालीन समाधान खोज्नुपर्छ । ’

कपिलले आफ्नो भनाइ राखेपछि त्यसलाई ठुलै विषय बनाउँदै कपिललाई बहिष्कार गर्नुपर्ने भन्दै ट्वीटरमा आक्रोशको बाढी नै आएको छ ।

कपिलले उक्त आतंकवादी घटनाप्रति भनेका छन् , ‘हामी सरकारको साथ छौ, हामीलाई दिर्घकालीन समाधान चाहिएको छ । पुलवामा भएको उक्त कायरतापूर्ण आक्रमणबाट मारिएका हाम्रा शैनिकहरुलाई भुल्न हुँदैन र अपराधीहरुले सजाय पाउनै पर्छ । ’

के भनेका थिए सिद्दुले ?

पूर्व क्रिकेटर तथा राजनीतिज्ञ नवजोत सिंह सिद्दुले कश्मिरको पुलवामा भएको आतंकवादी आक्रमण प्रति लक्षित गर्दै भनेका थिए, ‘केहि सिमित मान्छेले गरेको कामको लागि पुरा देश (पाकिस्तान) लाई र कुनै व्यक्तिलाई दोष लगाउन मिल्छ ? यो घटना (आतंकवादी आक्रमण) कायरतापूर्ण काम हो र म यसको पूर्णरुपमा विरोध गर्दछु । हिंसा जहिलेपनि भत्सर्नायोग्य नै हुन्छ र यस्ता कार्य गर्नेहरुले सजाय पाउनुपर्छ ।’

उनले यति भन्नासाथ उनलाई शो बाट हटाउनु पर्ने दबाव आएको भन्दै उनको स्थानमा अर्चना पूरन सिंहलाई ल्याइ उनलाई शो बाट बर्खास्त गरिएको थियो ।