सुध्रिए त कपिल शर्मा ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सुध्रिए त कपिल शर्मा ?



भारतीय हास्यकलाकार कपिल शर्माको विवादसँग राम्रै नाता छ । ‘फ्यामिली टाइम विद कपिल शर्मा’ कार्यक्रम लञ्च भएलगत्तै उनी पुनः ब्रेकमा जानुपर्यो । उनी करिब दुई महिनादेखि टिभीबाट गायब छन् । यसका साथै उनी सोसल मिडियाबाट पनि लगभग गायबजस्तै भइसकेका थिए ।

बिहिबार राती उनी ट्वीटरमा फर्किए र आफ्ना प्रशंसकलाई उनीहरुको हालखबर सोधे । कपिलले अब आफ्नो जीवनशैली परिवर्तन गरिरहेको पनि जानकारी दिए ।

कपिललाई धेरै समयपछि ट्वीटरमा देख्दा उनका प्रशंसक खुसी देखिन्थे । यद्यपी, कपिल एक कारणसहित ट्वीटरमा फिर्ता भएका हुन् । आफ्ना साथी ज्यूस र रंधावाको नयाँ गीत प्रोमोट गर्ने क्रममा प्रशंसकलाई उनीहरुको हालखबर पनि सोधेका हुन् । ट्वीटरमा गरिएको कुराकानीबाट उनी चाँडै नै सानो पर्दामा देखिने सम्भावना देखिन्छ । उनले आफू चाँडै नै सानो पर्दामा फिर्ता हुने बताएका छन् तर अहिले यात्रा गरिरहेको जानकारी दिएका छन् ।