कपिल सलमानको फिल्ममा ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कपिल सलमानको फिल्ममा !



अहिले बलिउड सुपरस्टार सलमान खान आफ्नो नयाँ फिल्म ‘रेस ३’ को पब्लिसिटीमा व्यस्त छन् । पब्लिसिटीको क्रममा उनले आफ्नो आगामी प्रोजेक्टको विषयमा खुलेको बताएका छन् ।सलमान ‘भारत’, ‘दबंग ३’, ‘किक २’ र रेमोको डान्सिङ फिल्मसँगै ‘शेर खान‘ मा देखिँदैछन् ।

‘शेर खान‘ लाई सलमानका भाई सोहेल खान बनाउँदैछन् । त्यसो त यो फिल्मको लामो समयदेखि चर्चा भइरहेको छ । तर, बीचमा यो प्रोजेक्क्ट बन्द गरिएको थियो । सलमान भने उक्त प्रोजेक्ट बन्द नभएको बताउँछन् ।

सोहेल खानले निकै वर्ष अगाडि कमेडियन कपिल शर्मालाई यो फिल्ममा लिने वाचा गरेका थिए । यो त्यसबेला जतिबेला कपिल ‘कमेडी सर्कस’ मा देखिन्थे । यो शोका सोहेल जज थिए । सोहीबखत उनले कपिललाई नयाँ फिल्म ‘शेर खान‘ मा लिने वचन दिएका थिए ।

कपिल शर्मा अहिले लामो छुट्टीमा छन् । सलमानसँग फिल्ममा आउनु कपिलका लागि सपना सत्यमा बदलिनु सरह हो । अहिले कमेडीका बादशाहको करिअर चौपट हुँदै गएको छ, अब उनलाई सलमानले सही किनारा दिन सक्नेछन् । ‘रेस ३’ यसको उदाहरण हो । यो फिल्मबाट सलमान बबी देओल र डेजी शाह, साक‍िबको करिअरलाई रेस दिने कोशिशमा छन् ।

एजेन्सी, मुम्बई,