रुपन्देहीका कपिल ज्ञवाली नारायणीमा डुबेर बेपत्ता - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

रुपन्देहीका कपिल ज्ञवाली नारायणीमा डुबेर बेपत्ता



चितवन– नयाँ वर्षमा गर्न  भनेर घुम्न  एक युवक आइतबार बिहान नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् । सँगै नदीले बगाएका अर्का एक युवकको प्रहरीले उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रुपन्देहीको जानकी नगर घर भएका २१ वर्षीय कपिल ज्ञवाली नदीमा डुबेर बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनीसँगै नदीले बगाएका पाल्पा घर भएका २३ वर्षीय श्रीधर गैरेको उद्धार गरिएको छ । गैरेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान १०ः२० बजेतिर नारायणी नदीमा नुहाउने क्रममा दुई जनालाई नदीले बगाएको हो ।