कपिल शर्माको नयाँ सो पनि बन्द - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कपिल शर्माको नयाँ सो पनि बन्द



एजेन्सी- भारतीय हास्यकलाकार कपिल शर्माले सो बन्द हुने खबर सार्वजनिक भएपछि मौनता तोडेका छन्। भारतको एक मनोरञ्जन पत्रिकाको सम्पादक र कथित गर्लफ्रेन्डको नाममा विवादित भइरहेका कपिलले भनेका छन्, ‘म के गर्दै छु, मलाई राम्ररी थाहा छ।’

कपिल शर्माको सो ‘फ्यामिली टाइम विथ कपिल’ सोनी च्यानलले सोमबार बन्द गर्ने निर्णय गरेको खबर सार्वजनिक भएको थियो। सोनी च्यानलले कपिल शर्माको अव्यवसायिक प्रवृत्तिले सो बन्द गर्ने निर्णय गरेको बताएको थियो।

कपिलसँग कुराकानी गर्न च्यानलको टिम कपिलको घर पनि गएका थिए, तर कपिलको फोन अफ भएपछि यो कोशिश सफल हुन सकेन। यसपछि च्यानलले कार्यक्रम प्रायोजकको सबै पैसा फिर्ता गरेर तीन श्रृंखला प्रशारण गरेर शो बन्द गर्ने निर्णय गरेको थियो।

कपिलले व्यवस्था, सञ्चारमाध्यम विशेषगरी एक पत्रकारलाई आफ्नो अधिकारको दुरुपयोग गरेको भन्दै ट्वीटरमा गाली गरेका थिए। उनले आफ्नो ट्वीटमा पत्रकारलाई दुर्व्यवहार गरेका थिए, यसले गर्दा उनको विरुद्ध उजुरी दर्ता भएको थियो।

विवादको बारेमा मौनता तोड्दै कपिलले भने, ‘मेरो करियर सिध्याउन लागि परेकाहरुले जे पनि मिथ्या बोल्छन्, सफलतामा यात्रा गरिरहेको म पहिलो व्यक्ति होइन, उनीहरुले सन्तुष्टि नपाएसम्म यस्तै गरिरहून, म एकदमै ठीक छु।’

कपिलको नयाँ कार्यक्रम ‘फ्यामेली टाइम विथ कपिल’ खराब प्रदर्शनपछि निलम्बित भएको छ। एक साक्षात्कार कार्यक्रममा कपिलले भने, ‘अब मेरो कार्यक्रम सोनी च्यानलका निर्देशक द्वय एनपी सिंह र दानिस अस्लामको हातमा छ। मैले काम गरेमध्येमा सबैभन्दा सहयोगी लाग्छ, किनकी उहाँहरुले मलाई विश्वास गर्नुभयो।’

स्रोतका अनुसार कपिलले ल्याएको नयाँ सोको लागि उनी उत्साहित थिएनन् जति पहिलाको कमेडी नाइन्ट विथ कपिलमा थिए। उनले आफूले गर्ने काममा रुचि कम हुँदै गएको बताइएको छ। कपिलसँग काम गर्ने सहकर्मीहरुसँग कपिलले भनेका थिए, ‘केही मजा आएको छैन।’

तर कपिल शर्माले सोनी च्यानलका निर्देशकको बारेमा बताएको कुराकानीले उनको कार्यक्रम बन्द नहुने संकेत देखिएको छ। कपिलले आफ्नो सोलाई सुधार्ने र नयाँ स्वरुपमा ल्याउने निर्णय गरेका छन् र सोनी च्यानलले शतप्रतिशत सहयोग गर्ने बताएको छ।