यसो गर्नुस्, कपाल झर्न १० दिनमा बन्द र ३० दिनमा नयाँ कपाल - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

यसो गर्नुस्, कपाल झर्न १० दिनमा बन्द र ३० दिनमा नयाँ कपाल



कपाल झर्नाले मानिसलाई सानै उमेरमा पनि पाको देखिन्छ । कपाल झर्नाले कतिपयलाई उति सुन्दर पनि देखिँदैन । कपाल सुन्दरताको एउटा पाटो पनि हो । यसकारण कपाल झर्ने समस्या भएमा घरेलु उपचारले नै यसलाई कम गर्न वा रोक्न सकिन्छ । यसका केहि उपायहरु यहाँ दिइएको छ ।

तयार पार्ने तरिका : ओलियण्डर नामको फूलको पात ६०–७० ग्राम (यो दुई किसिमको पाईन्छ, रातो या पहेंलोमध्ये एक वा दुवै) लिएर यसलाई सफा र सुख्खाकपडाले धुनुपर्छ । यसरी पातलाई सफा गरिसकेपछि सरस्यूँ, नरिवल वा जैतुनको तेलमध्ये कुनै एकको एक लिटर तेललाई तताउनु पर्छ । तातिसकेको तेलमा उक्त पातलाई काटेर टुक्रा बनाई तातो तेलमा हाल्ने र पात कालो नभएसम्म डढ्न दिनुपर्छ । यसरी पात कालो भैसकेपछि सबै पातहरु निकालेर फ्याँकिदिनुपर्छ र तेललाई ठण्डा बनाउनु पर्छ । यसलाई अब कुनै बोतलमा राख्नुपर्छ ।

प्रयोग गर्ने विधि : यसरी तयार भएको तेललाई दैनिक रुपमा जुन भागमा कपाल झरेको छ वा कपाल नै छैन सोही भागमा लगाएर करिब २ मिनेट मालिस गर्नुपर्छ । यसरी तेल कतै बाहिर जानुअघि वा बेलुका सुत्नुअघि दैनिक रुपमा लगाउनु पर्छ ।

परिणाम : यसरी दैनिक रुपमा तेल लगाउनाले यसको असर एक महिनामा देखिन थाल्दछ । भारतका डाक्टर राजीव दिक्षितले १० जनामा सफल परिक्षण समेत गरेको यो विधिले एक महिनामा नै नयाँ कपाल आउन थालेको बताइएको छ । यसको प्रयोगले १० दिनदेखि कपाल झर्न बन्द हुनुका साथै नयाँ कपाल समेत पलाउन थाल्नेछ ।

यसमा ध्यान दिनुहोस् : यो तेलमा हाल्ने पात विरुवामा नै पाकेर पहेंलो भएको पात लिनुपर्छ । पहेंलो भैसकेको पात केहि रातो पनि हुनसक्छ, त्यो पात पनि प्रयोग गर्न सकिन्छ ।

सावधानी : ओलियण्डरको विरुवामा जुन रस हुन्छ, त्यो विषालु हुन्छ, यसको प्रयोग बाहिरी रुपमा मात्रै हुने गर्छ । यसको पात खाने वा अन्य कुनै पनि कामका लागि प्रयोग गर्दा हानी हुन्छ ।