कपडा बैंकको उद्घाटन - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

कपडा बैंकको उद्घाटन



कैलाली । कैलालीको धनगढी उप–महानगरपालिका- ४ शिवपुरी धाममा स्थापना गरिएको कपडा बैंकको आज औपचारिक रुपमा उद्वघाटन गरिएको छ ।

धनगढीका व्यवसायीहरु गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालको १५ लाखको लगानीमा निर्माण गरिएको कपडा बैँकको आज एक कार्यक्रमका बिच उद्वघाटन गरिएको हो । कपडा बैंकमा एक साता अगाडीदेखि नै संकलनको कार्य जारी भएपनि आज उद्वघाटन गरिएपछि वितरण पनि सुरु गरिएको छ ।

सुदूरपश्चि प्रदेश सभा सदस्य डिल्लिराज पन्त र धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले संयुक्त रुपमा कपडा बैँकको उद्वघाटन गरेका छन् । कपडा बैँकको उद्वघाटनपछि प्रदेश सभा सदस्य पन्तले धार्मीक क्षेत्रमा निशुल्क कपडा बैँक सञ्चालन गरेर हमाल दाजु÷भाईले पुण्यको काम गरेको बताए ।

कपडा बैंकका सञ्चालक गोपाल हमालले जो कोहीले पनि कपडा लगायतका सामान ल्याएर दिन सकिने बताए । उनले बैँकमा जम्मा भएका कपडाहरु गरिवहरुका लागि मात्र नभइ जो कोहीले पनि आवश्कयता अनुसारको कपडा लैजान सक्ने बताए ।