कानुङ् लाङ्घाली मगर समाज दिल्लीको स्थापना - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कानुङ् लाङ्घाली मगर समाज दिल्लीको स्थापना



नयाँ दिल्ली 

भारतको नयाँ दिल्लीमा  विभिन्न नेपाली सङ्घ सङ्गठले भरिपूर्ण छँदै छ  । सोही अवसरमा नेपालमा अवस्थित मगरहरूको प्रतिनिधित्व गर्दै कानुङ् लांघाली मगर समाज दिल्लीको विधिवत रूपमा स्थापना भएको छ  । भारत स्थित नेपाली राजदूतावासका प्रतिनिधि होम प्रसाद लुइँटेलको प्रमुख आतिथ्यता ,नेपाल मगर सङ्घ काठमाडौँ जिल्ला अध्यक्ष डव बहादुर गर्बुजाको विशिष्टआतिथ्यता एवं फर्स थापाको सभापतित्वमा कार्यक्रमको आयोजना गरिएको थियो  ।

प्रवासी नेपाली राजनैतिक एवंम् गैर राजनैतिक सङ्घ संस्थाको उपस्थितिमा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको थियो  । कार्यक्रममा प्रमुख अतिथि लुइँटेलले उक्त समाजलाई शुभकामना प्रदान गर्दै दूतावासको सहयोग रहने बताएका थिए भने नेपाल मगर सङ्घ काठमाडौँ जिल्ला  अध्यक्ष गर्वुजाले मगर जातिको परिचय योगदान र राज्यमा उनीहरूको स्थान बारे परिचर्चा गरेका थिए  । कार्यक्रममा अन्य सङ्घ संस्थाका प्रतिनिधिले उक्त समाजको उत्तर उत्तर प्रगतिको कामना गर्दै आगामी दीनम अझै सशक्त र सङ्गठित बनोस् भन्ने शुभकामना दिए  ।

सभापति थापाले मगर जातिको कला ,सांस्कृतिक र पहिचानको जगेर्ना गर्नको निम्ति उक्त संस्थाको स्थापना भएको बताएका थिए  । कार्यक्रमको सञ्चालन भने नेपाल पत्रकार महासङ्घ भारत शाखाका सदस्य बाबु रोका मगरले गरेका थिए  ।

यस्तो छ कार्य समिति 

तस्विर :कृष्ण शर्मा