सबैमा कानुनकाे पहुँच पुर्याउनु अावश्यक - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

सबैमा कानुनकाे पहुँच पुर्याउनु अावश्यक



पूजा पन्थी : बुटवल । विपन्न र सिमान्तकृत समुदायको न्याय र सुरक्षामा पहुँच अभिवृद्वि गर्नको लागि गैडहवा गाउपालिकामा अन्तक्रिया सम्पन्न भएको छ ।
जिल्ला अदालत रुपनदेही,सर्चफर कमन ग्राउड सेलर्ड र गैडहवा गाउपालिका ६ रुपन्देहीको संयुक्त आयोजना कार्यक्रम मा बोल्दै स्नेदाड संजिव पोख्रेलले न्यायीक प्रक्रिया,अधिकारको बारेमा प्रष्ट पार्दे अब अदालत गाउपालिका,नगरपालिका र वडामा पुगेको हुँदा अदालतबाट प्रदान हुने सम्पूर्ण सेवा सुविधाहरु जनमासले सजिलै तरिकाले पाउने बताए ।
कार्यक्रममा न्यायधिश राम प्रसाद शर्माले पहिले अदालतहरु गाउँ,देखि धेरै टाढा बस्ने र जनता सँग सम्बन्धमा ग्याप रहेको हुँदा अहिले अदालतहरु सम्पूर्ण गाँउमा पुगेको बताए ।
“अब त्यस्तो हुदैन अहिले जनताको कुरा बुझने हेतुले अदालत टाडा होइन नजिक हुनेछ“ उनले भने “ जनमासमा के बझाई छ भने अदालतमा कानुनी समस्या समाधन गर्न पैसा लाग्छ तर यो गलत ससोच हो यहि गलत धारणालाई हटाउनका लागि र न्याय र सुरक्षामा पहुँच बनाईराख्न कार्यक्रम आयोजना गरीएको हो ।“
उनले अदालतमा निशुल्क कानुनी सेवा भएको बताउदै उनले अदलतमा वार्षिक आम्दानी ४० हजार भन्दा कम छ उसको काम निजि वकिलहरु द्वारा छिटो अनि छरितो तरिकाले सहयोग गरिदिने व्यवस्था भएको बताए ।
जनतालाई न्याय प्रक्रिया र न्याय प्रणाली सम्बन्धि प्रकाश पार्दे शर्माले अदालतले जनताका कामहरुलाई अक्तिरिक्त सेवा प्रदान गर्नका लागि ५बजे पछि को समय छुटाएको बताए ।
जनताले कोटमा आफ्नो फैसला भए नभएको घरमै बसेर अनलाईन मार्फत आफ्नो मुद्घा नम्बर इन्ट्री गरेर थाहा पाउन सक्ने बताए ।
अदालतमा लाग्ने दस्तुर वडापत्रमा हेरेर वा सहयोगी डेक्समा रहेका कर्मचारीहरुलाई सोधेर थाहा हुने र त्यो पनि नभएमा सूचना अधिकारी मार्फत थाहा पाउने बताए ।
उनी भन्छन् “अदालत भित्र अप्ठ्यारो परेको छ वा कसैले दुःख दिएको छ भने सूचना अधिकारी,सूचना अधिकारीबाछ दुःख पाउनु भएको छ भने जिल्ला न्यायधिस र जिल्ला न्यायधिसले पनि दुःख दिएको छ भने न्यायपरिषदमा उजुरीराख्न पाउनु हुनेछ र तपाईको सुनुवाई हुनेछ ।तपाईले आफ्नो उजुर उजुरी पेटिकामा गुनासो लेखेर खसाउन सक्नुहुन्छ ।“
उनले अदालतमा असक्त र बृद्वको लागि वृद्व कोठा,बाल इजालस,बाल पोषण कक्ष,र स्थानीय तहको छुटै टिम राखएको बताउदै सबैको पहुचको लागि काम निरन्तर गरिरहेको बताए ।
सेलर्ड रुपन्देहीकी संयोजक राधा भट्टराईले स्थानीय स्तरमा नै विवाद समाधन गरि छिमेकी–छिमेकि बिचको सम्बन्ध सुमधुर बनोस भन्ने उद्देश्यले ुंस्थाले साढे २ वर्ष अगाडि देखि गैडहवामा न्याय सम्बन्धि विभिन्न कार्यक्रम सञ्चालन गर्दे आएको बताइन् ।
त्यस्तै नेपाल बार एसोसियसनका मोहन कुमार दैउजाले सेवाग्रहीहरुले पाउनुपर्ने सेवासुविधा पाएका छन् कि छैनन भनेर जान्नको लागि आफुहरु आएको बताए ।
प्रहरी उपरिक्षक श्याम ज्ञवाली भनछन् “जब सम्म हामि न्याय दिन्छौ भनेर विश्वास दिलाउन सक्दैनौ तब सम्म जनताले न्याको आभास गर्न सक्दैनन् ।“
त्यस्तै कार्यक्रममा न्यायधिस नरेश्वर भण्डारीले अदालतबाट हसने सम्पूर्ण सेवा,सुविभाबाट अब कोहि पनि बञ्चित नरहने बताए ।
कार्यक्रमममा प्रमुख जिल्ला अधिकारी सम्भु प्रसाद रेग्मी ले न्यायमा सजिलै पहँच पुराउन यो कार्यक्रम सहयोगी रहेको बताए ।