भारतीय नागरिक भएको प्रमाण भेटिए कारबाही गर्नुस: कँडेल - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

भारतीय नागरिक भएको प्रमाण भेटिए कारबाही गर्नुस: कँडेल



काठमाडौं : बिगत केही दिनदेखी भारतीय नागरिक भनेर चर्चाको शिखरमा रहेका नेपाली काङ्ग्रेसका सांसद देवेन्द्र राज कँडेलले आफू भारतीय नागरिक नभएको दाबी गरेका छन् । दोहोरो नागरिकता रहेको आरोप लागेका उनले आफूसँग भारतीय नागरिकता नभएको दाबी गरेका हुन्।

काङ्ग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन्। कँडेलले आफू भारतीय नागरिक भएको प्रमाण भेटिए सजाय भोग्न तयार भएको स्पष्ट पारे।

‘मैले भारतमै पढेको हुँ। त्यहाँ साथीकहाँ बस्ने गर्थेँ’, उनले भने, ‘तर, मैले भारतमा कुनै निर्वाचनमा भाग लिएको छैन।’ तर, लामो समय त्यहीँ बसेर पढेका कारण भारतीय सवारी चालक अनुमतिपत्र आफूसँग रहेको कँडेलले बताए।

भारतीय कलेज आर्यविद्या प्रचार समितिका अध्यक्ष भएको विषयमा कँडेलले नेपाली नागरिकले पनि उक्त पदमा बस्न मिल्ने स्पष्ट पारे।

आफ्नी हजुरआमाले स्कुल खोलेको र यसअघि बुबा पनि उक्त संस्थाको अध्यक्ष रहेको कँडेलले बताए। उनले सन् १९५० को सम्झौताका आधारमा नेपालीलाई पनि भारतमा सामाजिक संस्था चलाउने अधिकार भएको दाबी गरे।