कान्छी हे कान्छी (भिडियो सहित) - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

कान्छी हे कान्छी (भिडियो सहित)



नयाँ वर्ष २०७५ को रौनक सेलाउन नपाउँदै संगीतप्रेमीहरुका लागि नवगायक किशन रेग्मीले अमेरिकाबाट कान्छी हे कान्छी बोलको गीत वल्र्डवाइड प्रिमियर गरेका छन् ।

अप्रिल २० तारिख अर्थात् वैशाख ७ गते युएसखवरको आधिकारिक युट्युव च्यानल यु एस मिडिया नेटवर्कमार्फत कान्छी हे कान्छी गीत रिलिज गरिएको हो । पहिलो गीतबाटै चर्चासँगै प्रशंसकहरुको माया पाइरहेका गायक किशन रेग्मीलाई उक्त गीतमा गायिका श्रुती योगीले साथ दिएकी छिन ।

गायक रेग्मी अमेरिकाको टेक्सस बस्दै आएपनि उनले यो गीत स्थानीय स्टुडियोमा रेकर्ड गराएर ड्वेट भर्सनका लागि नेपाल पठाएका हुन् । सोही गीतका ब्यानर तथा अडियो केही समयदेखि सामाजिक सञ्जालमा भाइरल बनेको थियो । समय सान्दर्भिक उक्त गीतको भिडियो उद्धव सिलवाल प्रोडक्सन र युएस मिडिया नेटवर्कको सहकार्यमा तयार पारिएको हो ।

आम दर्शकलाई मध्यनजर गर्दै युवापूस्ताका प्रेम र रोमान्सलाई श्रब्यदृष्य भिडियोमा समेटिएको छ । । गीतका शब्द प्रल्हाद रिजालले लिपिबद्ध गरेका हुन भने एसडी योगीले कर्णप्रिय सङ्गीत भरेका छन् । कान्छी हे कान्छीलाई निर्देशक प्रकाश धितालले कलात्मक रूपले भिडियोमा उतारेका छन् । मोडल शिल्पा पोखरेल र पृथ्वीराज प्रसाईको संयोजनले गीत अझ उत्कृष्ट बनेको छ ।

ललितपुरको गोदावरी रिसोर्टमा छायाङ्कन गरिएको उक्त गीतलाई उत्सव दाहालले खिचेका हुन भने सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् । अमेरिकाका उद्धव सिलवाल निर्माता रहेको उक्त गीतको भिडियो अप्रिल २० शुक्रवार अमेरिका लगायत विश्वभर एकसाथ रिलिज गरिएको हो । गीतले युवापुस्ता र अहिलेको माया प्रेमलाई मिठास ढङ्गले प्रस्तुत गरेको निर्माता उद्धव सिलवालले उल्लेख गरेका छन् ।