कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला



कञ्चनपुर । कञ्चनपुरमा एक युवक मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बेलौरी नगरपालिकामा –४ गिरी टोलका १९ बर्षिय विष्णू गिरी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । गिरिको शव बिहीबार बिहान आफ्नै खेतमा फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार मृत अवस्थामा भेटिएका गिरीको घटनाको मुचुक्ला उठाईन लागिएको छ । उनको शव घटना स्थलमै छ । शवको छेउमै विषालु पदार्थ भेटिएकोले हत्या गरेर खेतमा फालेको हो, वा आत्महत्या बारे अनुसन्धान भईरहेको बेलौरी प्रहरीले जनाएको छ । शवको पोष्टमाष्टको तयारी भईरहेको प्रहरीले जनाएको छ । मृतक गिरीका आमाबाबु भारतमा बस्दै आएका छन् ।