कञ्चनपुरमा एक महिलाको शव फेला - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कञ्चनपुरमा एक महिलाको शव फेला



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका -९ सिसैयामा रहेको मंगल आधारभूत विद्यालयमा मंगलबार अन्दाजी ४५ वर्षीय महिलाको बेवारिसे शव फेला परेको छ।

सार्वजनिक धारामा पानी भर्न गएका महिलाहरूले विद्यालयको बरण्डामा महिला मृत देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

चिसोले कठयाङग्रिएर उनको मृत्यु भएको हुनसक्ने वडाध्यक्ष रमेशबहादुर ऐरले बताउनुभयो। महिलाको पहिचान भने खुल्न सकेको छैन। उल्टो घोप्टो परेको अवस्थामा शव देखिएपछि प्रहरीलाई खबर गरेको उहाले  जानकारी दिनुभयो ।