कञ्चनपुरमा जीप दुर्घटना: पत्रकार भट्टसहित ३ घाइते - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

कञ्चनपुरमा जीप दुर्घटना: पत्रकार भट्टसहित ३ घाइते



कैलाली । मङ्गलबार बिहान कञ्चनपुरमा जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट कञ्चनपुरको बैलौरी जाँदै गरेको युपी ३१ पि ७९७५ नम्बरको भारतीय स्कार्पियो जीप पुर्नवास नगरपालिका–२ मोतिबस्तीमा दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।

जीप विवाहमा सहभागी हुन बैलौरी जादैँ गर्दा अगाडिको चक्का पन्चर भई दुर्घटना भएको प्रहरीले जनाएको
छ ।
दुर्घटनामा भट्टकी श्रीमती दुर्गा भट्ट र अन्य जीपमा सवार घाइते भएको प्रहरीले जनाएको छ ।

जीपमा भट्टका छोराछोरीसहित ९ जना सवार भएपनि उनीहरू कुशल छन् । घाइतेको पुनर्वास पोलिक्लिनिकमा प्राथमिक उपचारपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।