कञ्चनपुरको पुनर्वासमा पनि २७ औं अन्तर्राष्ट्रिय अपांग दिवस भव्यताका साथ सम्पन्न - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कञ्चनपुरको पुनर्वासमा पनि २७ औं अन्तर्राष्ट्रिय अपांग दिवस भव्यताका साथ सम्पन्न



हरिलाल जोशी / पुर्नवास । “अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण तथा न्याय र समानताको सुनिश्चितता ” भन्ने मुल नारा सहित पुनर्वासमा २७ अौ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस विविध कार्यक्रमका साथ सोमबार सम्पन्न भएको छ ।

अपाङ्ग हक अधिकार संरक्षण संघ पुनर्वासले अायोजना गरेको कार्यक्रममा , मलाई गणना गर ,मलाई समावेश गर तथा २७ अौ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस सफल पारौ जस्ता प्लेकार्ड सहित प्रतिभानगर बजार परिक्रमा गरि सभामा परिणत भएको थियोे ।

पुनर्वास नगरपालिका नगर प्रमुख जिवनराज थापाको प्रमुख अतिथ्य रहेकोे कार्यक्रममा बिशिस्ट अतिथिमा नगर उपप्रमुख सारदा बिष्ट धामी रहेकी थिईन भने उपस्थित विभिन्न ब्यक्तित्वहरु अतिथी दिर्घामा आशिन थिए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख थापाले “अपांग हक हितका लागि आफू जुनसुकै समयमा पनि सहयोग गर्न तत्पर रहेको र अपांगता भएका ब्यक्तिहरुले पनि गुम्सिएर नबसी आफ्नो अधिकारका लागि सम्बन्धित निकायलाई घचघच्याउनु पर्ने कुरामा बिशेष जोड दिएका थिए ।”

कार्यक्रममा पुनर्वास नगरपालिका भित्र रहेका करिब दुई सय भन्दा बढी अपाङ्ग समुदाय र विभिन्न राजनीतिक दलका प्रतिनिधि,शिक्षक,बिद्यार्थी ,जनप्रतिनिधि ,पत्रकार र सुरक्षाकर्मी समेतको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा अपाङ्ग महासंघ पुनर्वासका अध्यक्ष दिप बहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन पुनर्वास जनता माध्यमिक बिधालयका श्रोत शिक्षक बिष्णु अर्यालले गरेका थिए ।